Saturday 17 March 2018

अन्धाधुन्दामा

Biraj dc bs
यो दिलैमा आगो लगायौ अन्धाधुन्दामा
मुटु भित्र छुरा चलायौ अन्धाधुन्दामा ।

बुझिनौ तिमीले मेरो साचो,चोखो माया
मायाको मुहानै सुकायौ अन्धाधुन्दामा ।

माया गर्नु पाप हो भनी गलत सोच्यौ तिम्ले
ब्यर्थैमा किन धूम मचायौ अन्धाधुन्दामा ।

खुशी थिए हिजो, बनायो दु:खी मायाले
सुखको सन्सारलाइ डढायौ अन्धधुन्दामा ।

पीडा दियौ निर्दोष कमलो यो मुटु लाई
यो छातीमा गोली बर्सायौ अन्धाधुन्दामा ।

No comments: